Section 6A
जाहेरवालालाई पुरस्कार दिनेः
यो ऐन वा यस ऐन अन्तर्गत जारी गरिएको सूचित आदेशकोबर्खिलाप कसैले कुनै वस्तुको निकासी वा पैठारी गरेको कुरामा कसैले जाहेर गरी कारवाही चल्दा त्यस्तो काम कुरा गरेको प्रमाणित भएमा सम्बन्धित वस्तुको मोलको सयकडा तीस प्रतिशतले हुने रकम पुरस्कार
स्वरुप त्यस्तो जाहेरवालालाई दिइनेछ ।
तर, जाहेर गर्नुपर्ने मुनासिव कारण वा आधार भई कारवाही चलेकोमा बाहेक दुःख दिने वारिस इवी साध्ने नियतले मात्र झुठ्ठा कुराको जाहेर गरेको ठहरेमा त्यस्तो झुठ्ठा कुरा जाहेर गर्ने ब्याक्तिलाई दुई सय रुपैयादेखि पाँच सय रुपैयासम्म जरिवाना हुनेछ ।